७ पुष २०८१, आईतवार

दुर्घटनामा दुईको मृत्यु



धनगढी । डडेल्धुराको भागेश्वर गाउँपालिका–४, कुरङायलमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म१ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा भागेश्वर गाउँपालिका–२ का २७ वर्षीय धर्मसिंह मडैं र गाउँपालिका–३ का गाडी साहु ४५ वर्षीय दीपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । दुर्घटनामा १७ जना घाइते भएका छन् । घाईते मध्ये बैतडीको मेलौली–८ बस्ने १८ वर्षीय गौरी बिष्टलाई धनगढी रेफर गरीएको छ ।
घाइते हुनेहरूमा भागेश्वर गाउँपालिका–३ का ३ वर्षीय एलकस नागरी, ४० वर्षीय रणबहादुर शाही, ११ वर्षीय तनुजा शाही, २२ वर्षीय नविन शाही, ३२ वर्षीय विष्णु शाही, २३ वर्षीय माया नागरी रहेका छन् ।
धनगढी उपमहानगरपालीका १४ कनरीका २६ वर्षीय केशव मल्ल, बैतडी तल्लो सोराड ४ का १२ वर्षीय सुशील महता, कञ्चनपुर दैजीकी २० वर्षीय सर्मिला अवस्थी घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ । जीप सडकभन्दा सय मिटर तल खसेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार