बाजुरामा जीप दुर्घटना, चालकको मृत्यु
बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाबाट सदरमुकाम मार्तडी आउँदै गरेको से१ज ५४३ नम्बरको जीप साँफे–मार्तडी सडकअन्तर्गत बुढीगङ्गा नगरपालिका–२ बल्देमा बिहीबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका–४ का ४० वर्षीय चालक धनबहादुर साउदको घटनास्थलमै मृत्यु भएको थियो। दुर्घटनामा मृतक चालकका २२ वर्षीय छोरा नवराज साउद र खप्तड छेडेदह गाउँपालिका–५ डोगडीका कुम्भ बुढा घाइते भएका छन्।
घाइतेहरुको अहिले अछामको बयालपाटा अस्पतालमा उपचार भइरहेको र मृतक धनबहादुरको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको उक्त प्रहरी कार्यालयले जनाएको छ।
जीप अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। जीप सडकभन्दा एक सय मिटर तल खसेको थियो।