३ माघ २०८१, बिहीबार

निवर्तमान मन्त्रीले गरे नवनियुक्त मन्त्रीको स्वागत, मन्त्री सुवेदीद्वारा पदभार ग्रहण



धनगढी । सुदूरपश्चिम प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई मन्त्रालयमा स्वागत गर्नुका साथै कार्यकालको सफलताका लागि शुभकामना दिएका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार मन्त्री सोडारीलाई पदमुक्त गरी प्रदेश सभा सदस्य सुवेदीलाई मन्त्री नियुक्त गरेका थिए ।
मन्त्री पदको सपथ ग्रहणपछि पदभार ग्रहण गर्न मन्त्रालय पुगेका नवनियुक्त सामाजिक विकास मन्त्री सुवेदीलाई निवर्तमान मन्त्री सोडारीले स्वागत गरेका थिए ।
“तपाईको कार्यकालको पूर्ण सफलताका लागि शुभकामना दिन चाहन्छु” सो अवसरमा निवर्तमान मन्त्री सोडारीले नवनियुक्त मन्त्री सुवेदीलाई आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री सुवेदीद्वारा पदभार ग्रहण

मंगलबार नियुक्त भएका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले पदभार ग्रहण गरेका छन् ।
मुख्यमन्त्री त्रिलोचन भट्टबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि मन्त्री सुवेदीले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।
मन्त्री सुवेदीलाई निवर्तमान सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले स्वागत गरेका थिए । त्यस्तै, मन्त्रालयका सचिव सहित उच्च पदस्थ कर्मचारीले पनि मन्त्री सुवेदीको स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार