सुदूरपश्चिममा भुकम्प
धनगढी । सुदूरपश्चिममा आइतबार दिउँसो भूकम्प आएको छ । दिउसो १२ बजेर ५२ मिनेटमा पाँच दशमलव एक र १२ बजेर ५९ मिनेटमा चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ ।
दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने भारतको उत्तराखण्ड प्रदेशको खेला भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए ।
दार्चुला जिल्लासहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा भूकम्पको धक्का महसुस भएको छ ।