१० माघ २०८१, बिहीबार

निर्मलाको हत्यारा जतिसुकै शक्तिशाली व्यक्ति भएपनि कारबाही हुनुपर्छ: रावल (भिडियाे सहित)



धनगढी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीम रावलले कञ्चनपुरको निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटना छानविनको लागि सरकारले सबै भन्दा बढि चासो दिएको बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनले आइतबार धनगढीमा दशैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता रावलले निर्मलाको हत्यारा जतिसुकै शक्तिशाली व्यक्ति भएपनि कारबाही हुनुपर्छ भन्ने नेकपाको आधिकारिक धारणा रहेको बताएका हुन् । उनले नेपाल सरकारको धारणा पनि छानविन प्रभावकारी गर्ने र दोषीलाई कारबाही गर्ने नै रहेको बताए ।
उनले डिआइजीको नेतृत्वमा छानविन समिति गठन गर्ने, शंकास्पद व्यक्तिको डिएनए जााच गर्ने, प्रहरी अधिकृतलाई कारबाही गर्ने लगायतको काम सरकारले निर्मला हत्याकाण्ड छानविन गर्न तत्परता देखाएको उदाहरण रहेको बताए ।
नेता रावलले सकारको विरोध गर्नका लागि मात्रै सरकारले चासो नदेखाएको भ्रम फैलाइएको बताए । प्रतिपक्षले निर्मला हत्याकाण्डको अनुसन्धानमा बाधा ल्याउन विभिन्न प्रयास गरेको नेता रावलको आरोप छ । उनले महेन्द्रनगरमा अनुसन्धान चलिरहादा शुक्लाफााटामा मेयरको घरमा आक्रमण गरी प्रहरीको ध्यान अनुसन्धानबाट हटाउने प्रयास प्रतिपक्षले गरेको बताए ।


सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकिएको विरोध गर्नु विरोधका लागि विरोध मात्रै रहेको नेता रावलले बताए । विरोध गर्ने कुनै विषय नपाएर र आफूसंग कुनै कार्यक्रम नभएपछि राजनीतिमा खुट्टा राख्न मिलिहाल्छ कि भनेर गोदावरीमा राजधानी राख्ने निर्णयको विरोध प्रतिपक्षले गरेको नेता रावलले बताए ।
उनले नयाापन र नयााकाम स्वीकार्न नसक्नेहरुले गोदावरीमा राजधानी राख्ने निर्णयको विरोध गरेको बताए । गोदावरीमा बाघ हिड्छ, पहिरो जान्छ, जैविक मार्ग मासिन्छ भन्ने कुरा भ्रामक मात्रै रहेको बताए । गोदावरीमा वस्ती पहिलेदेखि रहेको, राजधानी बनाउने ठाउामा बुट्यान मात्रै रहेको र संरचना बनाउनुपर्ने ठाउामा मात्रै बुट्यान काटिने भएकोले एकदमै उपयुक्त निर्णय भएको उनले बताए ।

छ ल्यानको सडक बनिसकेपछि गोदावरी–धनगढीको दुरी बढिमा आठ/नौ मिनेटको हुने भएकाले राजधानी गोदावरी सार्दा धनगढीको विकासमा कुनै बाधा नपुग्ने नेता रावलले बताए । उनले यहााको कला, साहित्य, शिक्षा र चेतनामा सुदूरपश्चिमको छाप बसेर पहिचान नै बनिसकेको हुनाले प्रदेशको नाम पनि सुदूरपश्चिम कायम भएको बताए ।
नेता रावलले देशमा संघीयताको अभ्यास पहिलो पटक भइरहेकोले सरकारहरु नीति निर्माण गर्ने काममा जुटेको र त्यही कारणले विकासका कामहरु तिब्र रुपमा अगाडि बढ्न नसकेको बताएका छन् । नीति निर्माणको काम सकिएपछि विकासको कामले तिव्रता पाउने भएकोले नागरिकहरुले तत्कालै निराश भइहाल्नुपर्ने कुनै कारण नरहेको समेत रावलले बताए ।
नेता रावलले तत्कालीन नेकपामा एमाले र एकीकृत नेकपा माओवादी एकता प्रक्रिया जिल्ला जिल्लामा अन्तिम रुप लिइसकेको बताएका छन् । उनले तिहारपछि एकता प्रक्रियाले तिब्र रुप लिने बताए ।


कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले सरकारी विद्यालयमा पढाउने शिक्षकले नीजि विद्यालयमा छोराछोरी पढाइरहेको बताए । उनले शिक्षक र सर्बसाधारण सबैले नीजि विद्यालय रोज्नाले सरकारी विद्यालयको तत्लो कक्षामा विद्यार्थी संख्या कम हुादै गएको बताए । घोडाघोडी नगरपालिकामा भर्ना अभियान चलाउादा पनि सबै विद्यार्थीहरु नीजि स्कूलमा भर्ना भएको उनले बताए । घोडाघोडीमा तल्लो कक्षा लगभग खाली भइसकेको र माथिल्लो कक्षामा मात्रै विद्यार्थी रहेको प्रति मन्त्री सोडारीले चिन्ता व्यक्त गरे ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका कैलाली जिल्ला अध्यक्ष तिलकबहादुर सिंहकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सभाका सांसदहरू,  नेकपाका नेताहरू, पेशागत संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू लगायतकाे सहभागिता थियाे ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार