शुद्ध खानेपानी दिने मुख्य लक्ष्य : मन्त्री वोहरा (भिडियोसहित)
धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह वोहराले कैलाली, कञ्चनपुरवासीलाई शुद्ध खानेपानी प्रदान गर्ने मुख्य लक्ष्य राखेर काम गर्न कर्चचारीहरूलाई निर्देशन दिएका छन् ।
सो मन्त्रालय अन्तर्गतको खानेपानी तथा सरसरफाइ डिभिजन कार्यालयको बुधबार धनगढीमा उद्घाटन गर्दे मन्त्री बोहराले कर्मचारीले आफूसँग भएको सीप, दक्षता र क्षमताको प्रयोग गरेर जनतालाई सेवा दिनुपर्ने बताए ।
“पर्याप्त कर्मचारी छैनन् हामीले मशसुस गरेका छौं अपुग कर्मचारीको चाडै व्यवस्थापन हुन्छ,” उनले आश्वासन दिए । सो अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयका निमित्त सचिव वीरसिंह धामीले डिभिजन कार्यालयले कैलाली कञ्चनपुरको खानेपानी सेवा विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
डिभिजनका प्रमुख मोहनसिंह कुँवरले कैलाली, कञ्चनपुरका जनतालाई शुद्ध खानेपानी दिने र सरसफाइमा ध्यान दिन प्रेरित गर्ने आश्वासन दिए । सो मन्त्रालयले खानेपानी सरसफाइलाई व्यवस्थित गर्न सुदूरपश्चिम प्रदेशमा कैलाली, डोटी र बैतडीमा डिभिजन कार्यालय स्थापना गरेको छ । डोटीले डोटी र डडेल्धुरा, अछामले अछाम र बाजुरा, बैतडीले बैतडी, बझाङ र दार्चुला तथा कैलालीमा रहेको डिभिजन कार्यालयले कैलाली र कञ्चनपुर, जिल्लालाई समेट्ने बताइएको छ ।