१४ कार्तिक २०८१, बुधबार

राष्ट्रिय जुनियर जेसीज लिडरसीप एकेडेमी शुरु



धनगढी । नेपाल जेसीजको आयोजना र धनगढी जुनियर जेसीजको संयोजकत्वमा शुक्रबारदेखि धनगढीमा ‘सातौं राष्ट्रिय जुनियर जेसीज लिडरसीप एकेडेमी–२०१८’ शुरु भएको छ ।
शुक्रबार एक समारोहबीच सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले कार्यक्रमको उद्घाटन गरे । सो अवसरमा प्रदेश प्रमुख मल्लले भने– “जेसीजले स्वार्थरहित समाजको विकासका लागि सत्य विचार र व्यवहार तथा सक्षम नागरिक उत्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।” प्रदेश प्रमुख मल्लले युवाहरूको सांगठनिक प्रयासबाट सामाजिक विकृति र विसंगतिको अन्त्यमा योगदान पुग्ने चर्चा गरे ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले राष्ट्र निर्माणका लागि जेसीज जस्तो संगठनको सधैं आवश्यकता रहने बताए ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले समाज रूपान्तरणका लागि जेसीज एकवद्ध भएर अघि बढिरहेको बताए ।
कार्यक्रममा नेतृत्व विकासका तालिम, संसदीय प्रणालीद्वारा नमुना बैठक एवं स्पिकिङ च्यापियनसीप तथा विभिन्न सीपमूलक कार्यक्रम समावेश गरिने राष्ट्रिय जुनियर जेसीज लिडरसीप एकेडेमी आयोजक समितिले जानकारी दिए ।
जुनियर जेसीजका अध्यक्ष अविनाश थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीज अन्तर्गत रहेका ३० बढी जुनियर जेसीज शाखाहरूबाट तीन सय प्रतिनिधि तथा मातृ शाखाहरूबाट तीन सय बढीको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार