१० श्रावण २०८१, बिहीबार

डिसिए टोली खेल भम्रणका लागि मुम्बई



धनगढी । धनगढी क्रिकेट एकेडेमी (डिसिए) को टोली खेल भम्रणका लागि आइतबार मुम्बई गएको छ । टोलीलाई धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले एक कार्यक्रमकाबिच दोसल्ला ओढाएर विदाई गरेको हो ।
सो अवसरमा बोल्दै नगर प्रमुख वडले खेलबाटै राष्ट्रको पहिचान रहेको बताए । ‘खेललेनै कुनै पनि क्षेत्रलाई चिनाउन तथा पहिचान गराउन महत्वपूर्ण भुमिका खेल्छ’ नगर प्रमुख वडले भने ‘धनगढी उपमहानगरपालिकाभित्र खेलकुदको विकास गर्न हामी प्रतिवद्ध छौं ।’
‘धनगढीलाई हामीले नगर परिषद्बाटै क्रिकेटको शहर नामाकरण गरेका थियौं,’ वडले भने, ‘हामीले परिषद्बाटै प्रत्येक वर्ष सक्दो खेल विकासमा सक्दो बजेट विनियोजन गर्दै आएका छौं र आगामी वर्षमा बजेट बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं ।’ उनले खेलाडीलाई अनुशासित र मर्यादित भएर खेल खेल्न आग्रह गरे ।
धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले खेलाडीहरुलाई प्रशिक्षणसँगै एक्सोजरको पनि आवश्यकता पर्ने भएकाले मुम्बई टूरले राष्ट्रका लागि प्रतिभावान खेलाडीहरु उत्पादनमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे । ‘यसअघि हामीले गरेको मुम्बई टूरका खेलाडीहरुले राष्ट्रिय टीममा स्थान बनाइसकेका छन,’ शाहीले भने, ‘यस टूरले पनि राष्ट्रिय टोलीका लागि नयाँ खेलाडी दिनेमा विश्वस्त छौं ।’
टोलीमा सुबोध ऐर, सिजन कुँवर, सन्दीप आउजी, विनोद विष्ट, राजेन्द्र लोहनी, सोनु मण्डल, रोहन विक लगायतका खेलाडी छन् । यस्तै प्रशिक्षकमा दीपेन्द्र चौधरी छन् भने व्यवस्थापकमा भरत जोशी रहेका छन् ।
टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग सात वटा एकदिवसीय खेलहरु खेल्ने डिसिएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार