१० श्रावण २०८१, बिहीबार

चोरीको एक लाख सहित युवक पक्राउ



धनगढी । स्थानीय पसलबाट चोरी गरेको अभियोगमा मंगलबार बिहान एक लाख बढि नगद सहित धनगढी उपमहानगरपाली–७ वेलीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
आदेश रानाको खुद्रा पसलको गल्ला तोडेर चोरी गरेर भाग्दै गर्दा स्थानीयको सहयोगमा कनरी प्रहरी चौकीले २० वर्षीय मनोज क्षेत्रीलाई बिहान ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । क्षेत्रीबाट १ लाख ३ हजार २ सय ८३ नगद पनि बरामद भएको प्रहरी उपरीक्षक घिमिरेले बताए ।
उनका अनुसार क्षेत्रीले आदेश रानाको पसलको गल्ला तोडेर रकम चोरेको प्रहरी समक्ष स्किार गरेका छन् । उनले क्षेत्रीमाथि चोरी मुद्दा चलाउने र बरामद रकम पीडित रानालाई फिर्ता गर्ने तयारी भएको बताए ।
दशैं तिहारमा चोरी डकैती लगायत अबाञ्छनीय घटना हुन नदिन प्रशासनले प्रहरी गस्ती बढाएको छ । चोरी लगायतका घटनाबाट बच्नका लागि सचेत रहन समेत प्रहरीले नागरिकहरुलाई अनुरोध गरेको छ । घर सुनसान नछोड्न र छोड्नै पर्ने भएमा छिमेकीलाई जानकारी दिन प्रहरी उपरीक्षक घिमिरेले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार