१२ श्रावण २०८१, शनिबार

ब्रेकिंग : कर्णालीमा डुंगा पल्टिदा दुई वेपत्ता



चिसापानी । कर्णाली नदिमा डुङ्गा सोमबार साँझ डुंगा पल्टिदा दुई जना बेपत्ता भएका छन । डुङ्गामा रहेका अरू तीन जनाले भने पौडी खेलेर ज्यान जोगाएका छन ।
डुङ्गामा रहेका कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५ का २२ बर्षिय समिर बडेला र २३ बर्षिय पुरुषोत्तम चौधरी बेपता रहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीपेन्द्र केसीले बताए ।
कैलालीको महोन्याल गाउँपालिका र लम्कीचुहा नगरपालिकाको सीमानामा पर्ने पितमारी नजिकै भएको डुंगाा दुर्घटनामा परेका समिर बडेला र पुरुषोत्तम एक मोटरसाईकलमा र बौनियाका दुशान्त हमाल र चक्र विडारी अर्को मोटरसाईकलमा चिसापानी, पितमारी गएको बताइएको छ ।
पितमारीदेखि चिसापानी जाने क्रममा डुङ्गा पल्टिएको अनुमान छ । चारै जनाले मदिरा सेवन गरेरका थिए, उनीहरुले डुङ्गाको सन्तुलन कायम हुन दिएनन् त्यसैले हुँदा डुङ्गा पल्टिएको डुङ्गाका माझी सुगरखालका प्रकाश विष्ट बताएको प्रहरीले जनाएको छ । ढुङ्गामा सवार बौनियाका दुसान्त हमाल, चक्र विडारी र चालक सुगरखालका प्रकाश विष्ट भने पौडी खेलेर बाँच्न सफल भएका थिए । बेपताको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटना साँझ अबेर भएकाले अहिले रातमा खोजीगर्न अप्ठारो भएको र भोली बिहानबाट फेरि खोजि कार्य गरिने प्रहरी निरीक्षक केसीले बताए । पितमारीको जंगलमा राखिएका दुई मोटरसाईकल भने प्रहरी कार्यालयमा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार