१० श्रावण २०८१, बिहीबार

नेपाल आइडल–२ : टप नौमा पुगेका रविको स्वागत



धनगढी । सुदूरपश्चिम प्रदेशबाट नेपाल आइडल सिजन–२ मा टप ९ मा पुग्न सफल रवि वडलाई आइतबार धनगढीमा भव्य स्वागत गरिएको छ । ‘रवि वड जिताउ अभियान’को आयोजनामा आइतबार धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड सहित स्थानीयले रविको स्वागत गरे ।
सो अवसरमा उनको सम्मानमा र्‍याली समेत निकालिएको थियो । रवि जिताउ अभियानका सदस्य निखील आचार्यले रविलाई नेपाल आइडलमा जिताउन सबैको सहयोगका लागि आग्रह गरे ।
गायक रविले आइतबार नै धनगढीमा जारी दशैं मेलामा केही गीत समेत प्रस्तुत गर्दै आफूलाई नेपाल आइडलमा विजयी गराउन सबैमा आग्रह गरे ।

For vote  Ravi Oad
Type 10 then send 31009
&
Download Respect & Rise App

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार