१२ श्रावण २०८१, शनिबार

मुख्यमन्त्रीद्वारा गौरीफन्टा सीमानाका अवलोकन



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट बुधबार गौरीफन्टा सीमानाकाको अवलोकन गरेका छन् । दशै नजिकिदै गर्दा घर फर्किने नेपालीहरूमाथि सीमा क्षेत्रमा सुरक्षाकर्मीद्वारा लुटपाट र दुव्र्यवहारका घटनामा बृद्धि भएको सर्वसाधारणको गुनासो बढेपछि मुख्यमन्त्री भट्टले मीसानाकाको अवलोकन गरेका छन् । उनले भारतबाट आएका नेपालीहरूसँग सीमामा व्यहोर्नु परेका समस्याका बारेमा भेटेरै कुराकानी गरेका थिए ।
गौरीफण्टा सीमानाका भारतका विभिन्न शहरमा काम गर्ने नेपालीहरू फर्किने मुख्य नाका भएकाले रोजगारीका लागि भारत गएकाहरू अहिले घर फर्किने क्रम बढेको छ । घर फर्कने क्रममा भारतीय सीमा सुरक्षा बल र प्रहरीबाट अनावश्यक दु:ख र लुटिने गरेका छन् ।
सो बारे मुख्यमन्त्री भट्टले सीमामा आउने नेपालीले विभिन्न झन्झट र समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले गौरीफन्टा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल एसएसबीले स्थापना गरेको संयुक्त हेल्प डेस्कको बारेमा पनि जानकारी लिए ।
नेपालमा प्रवेश गर्दा पनि पैदल रिक्सा र विद्युतीय रिक्साले मनपरी भाडा लिने गरेका कारण नेपालीहरू निकै मारमा पर्ने गरेका छन् । मुख्यमन्त्री भट्टले चालकसँग पनि सो बारे कुराकानी गर्दै मनपरी भाडा नलिन पनि आग्रह गरे ।
त्यसैगरी, मुख्यमन्त्री भट्टले त्रिनगर प्रहरी चौकीमा भर्खरै स्थापना गरिएको मलेरिया परिक्षण उपचार तथा मरामर्श हेल्थ डेस्क र भन्सार कार्यालयको पनि निरिक्षण गरेका थिए । निरिक्षणका क्रममा भन्सार कार्यालय प्रमुखलाई चोरी निकासी र अवैध मालको ओसार पसारलाई कडाई पूर्वक रोक्न निर्देशन दिए ।
दशैं मनाउन घर फर्कदै गरेका नेपालीहरूले समस्या भोग्नु नपरोस भनी बुझ्न मुख्यमन्त्री भट्ट गौरीफन्टा नाकामा पुगेका मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार