१० श्रावण २०८१, बिहीबार

राज्यमन्त्री रावलद्वारा सपथ ग्रहण



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्यमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रममा राज्यमन्त्री प्रकाश रावललाई सपथ गराएका छन् ।

सपथ ग्रहण कार्यक्रममा मन्त्रीहरू, उपसभामुख, प्रदेश सरकारका सचिवहरूलगायतको उपस्थिति रहेको थियो ।

राज्यमन्त्री रावलले आजनै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा गएर पदभार ग्रहण गरेका छन् ।

सो अवसरमा राज्यमन्त्री रावलले मन्त्रालयका मन्त्री मायादेवी भट्टसँग भेटघाट गरेका छन् ।

राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ को १ बाट विजयी सांसद हुन् ।

सम्बन्धित समाचार

सुदूरपश्चिम प्रदेशको राज्यमन्त्रीमा प्रकाश रावल नियुक्त हुने

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार