१० श्रावण २०८१, बिहीबार

तेघरी वन जोगाउन सर्वोच्चमा रिट



धनगढी । गोदावरी नगरपालिका वडा नं. २ र ४ मा पर्ने तेघरी सामुदायिक वन जोगाउन अधिवक्ता देवीकुमारी जोशीले सर्वोच्चमा रिट दर्ता गराएकी छन् ।
चुरेको भावर र मोहना जैविक मार्ग मासेर सुदूरपश्चिम प्रदेशको राजधानी बनाउन लागेको भन्दै अधिवक्ता जोशीले सोमबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकी हुन् । उनले तेघरी सामुदायिक वनमा राजधानी बनाउने प्रदेश सरकारको निर्णय खारेज गर्न माग गरेकी छन् ।
अधिवक्ता जोशीले दर्ता गराएको रिटमा प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, सभामुख अर्जुनबहादुर थापा र प्रदेशका नामांकन तथा स्थायी राजधानी निर्धारण सुझाव समितिका संयोजक तारा लामा तामांगलाई प्रतिवादी बनाइएको छ । उनले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयलाई विपक्षी बनाएकी छन् ।
धनगढी–५ स्थायी घर भएकी ३४ वर्षीया अधिवक्ता जोशी काठमाण्डौमा बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार