१० श्रावण २०८१, बिहीबार

निर्मला हत्या प्रकरण : थप दुई जना प्रहरी निलम्बित



कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको घटनामा थप दुई प्रहरीलाई निलम्बन गरिएको छ । प्रतिवेदन सार्वजनिक गरिए लगत्तै प्रहरी नायव निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउदलाई निलम्बन गरिएको हो ।

आइतबार सार्वजनिक गरिएको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनले प्रहरी अनुसन्धान फितलो र शंकास्पद देखिएको निष्कर्ष निकाल्दै पुन: सुक्ष्म अनुसन्धान गर्न सुझाव दिएको थियो।

चाँदनीले मृतक निर्मलाको लुगा पखालेको भिडियोमा देखिएको थियो भने प्रतिवेदनमा पनि उनले नियतवश नभई अन्जानवश नै लुगा पखालेको बयान दिएकी छन्। दुवै प्रहरी अधिकारीहरुले अनुशन्धानको क्रममा गम्भिर लापरवाही गरेकाे देखिएकाले निलम्बन गरिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षेत्रीले जानकारी दिए।

यसअघि कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, डिएसपीहरु अंगुर जिसी र ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकहरु जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बनमा परेका थिए।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार