१० श्रावण २०८१, बिहीबार

संसदीय समितिका सभापति निर्बिरोध



धनगढी । सुदूरपश्चिम प्रदेश सभाका विभिन्न चारवटा समितिका सभापति निर्विरोधरुपमा चयन भएका छन ।
आइतबार दिउँसो उम्मेदवारी दर्ताको कार्यक्रम रहेकोमा चारवटै समितिमा १/१ जनाको मात्रै उम्मेदवारी दर्ता भएको हो ।
चारवटा समिति मध्ये तीन जना सत्ता पक्ष नेकपाका र एक जना प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तर्फबाटका सभापति निर्विरोध भएका हुन ।
निर्बिरोध हुनेमा अर्थ विकास तथा प्राकृतिक समितिको सभापतिमा हर्कबहादुर कुँवर गोविन्द, सामाजिक विकास समितिको सभापतिमा कुन्ती जोशी, बिधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपालू चौधरी र सार्वजनिक लेखा समितिको सभापतिमा कुमारी नन्दा बम रहेकी छन । कुँवर, जोशी, चौधरी नेकपा र बम नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्य हुनु ।
सभापतिका उम्मेदवारी दर्ता गर्न उम्मेदवार सहित सत्तापक्ष प्रमुख सचेतक तारा लामा तामाङ र प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावल संगै प्रदेश सभा सचिवालय पुगेका थिए ।
निर्विरोध भएको औपचारिकता घोषणा भने सोमबारको प्रदेश सभा बैठकमा हुने कानुन अधिकृत तेजप्रकाश जोशीले बताए । सभापतिहरुको सोमबार नै सपथ हुने पनि जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार