ठोक्किएर खसेका मोटरसाइकल चालकलाई ट्रकले किच्दा घटनास्थलमै मृत्यु
धनगढी । विपरित दिशाबाट आइरहेका मोटरसाईलहरु आपसमा ठोक्किएर सडकमा खसेका चालकलाई ट्रकले किच्दा एक मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय लम्कीका अनुसार आज विहान पूर्वबाट पश्चिम आइरहेको से ४ प ७३७० र पश्चिमबाट पूर्व गइरहेको से ६ प ७०४१ नम्वरको मोटरसाईृकल आपसमा लम्कीचुहा ४ बलियामा जुढेका थिए । संगसंगै पश्चिमतिर आइरहेको ना ४ ख १२४७ नम्वरको ट्रकले से ४ प ७३७० नम्वरका मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका २ का भागीराम चौधरीलाई किचेको थियो । चौधरीको घटनास्थलमै ज्यान गएको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक सुरेन्ऽप्रसाद जोशीले बताए ।
से ६ प ७०४१ नम्वरको मोटरसाईृकल लम्कीचुहा ४ का विनोद विश्वकर्मा र उनको मोटरसाइकल सवार मनिषा विक घाइते छन् । उनीहरुको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ । चौधरीलाई किचेर फरार भएको ट्रक र चालकलाई मसुरियाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।