१० श्रावण २०८१, बिहीबार

फोहरलाई मोहरमा बदलौ: मन्त्री भट्ट



धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पुनप्रयोग गर्ने गरेर फोहर व्यवस्थापन लाग्न सरोकार निकायलाई आग्रह गरेकी छन ।

सो मन्त्रालयद्धारा धनगढीमा आयोजित फोहोर व्यवस्थापन तथा प्लाष्टिक पुनप्रयोग सम्वन्धी सरोकारवालाहरुबीच अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टले फोहोर व्यवस्थापन गर्न डम्पिङ साइड बनाउनु भन्दा पुनप्रयोग गर्दा फोहर कम हुने बताइन ।
फोहरलाई मोहर बनाउने अभियान सञ्चालन गरौ मन्त्रालयले के गर्नुपर्छ गर्न तयार छौ उनले भनिन फोहर व्यवस्थापन गर्न सेती अञ्चल अस्पतालमाबाट शुरुवात गर्न जरुरी छ ।
नगरपालिका लगायतका सरोकारवाला निकायले फोहर व्यवस्थापनमा चाँसो राखे स्रोतको अभाव नहुने मन्त्री भट्टको भनाइ छ । अस्पताल र मन्दिर जस्ता ठाउँ पनि दुर्गन्धित छन सबैले सहयोग गरे हामी प्रदेशलाई फोहर मुक्त बनाउन सक्छौ उनले भनिन ।
कार्यक्रममा लोककल्याणकारी ट्रष्टका हरिशरण महाराजले फोहरमुक्त बनाउनका लागि आफ्नो प्रस्तुती मार्फत विभिन्न उपाय सुझाएका थिए । मैले धेरै सुदूरपश्चिम प्रदेशका धेरै नगरपालिकालाई आफ्नो उपाय बताए कसैले चाँसो राखेनन् उनले गुनासो गर्दै भने फोहर व्यवस्थापनमा सहयोग चाहनेलाई आफूहरु सहयोग गर्न तयार रहेको वताए ।
कार्यक्रममा मन्त्रालयका सचिव सुधिरकुमार कोइराला, बैतडी जिल्ला विकास समितिका पूर्व सभापति परमानन्द भट्ट, कैलालीका विभिन्न नगरपालिकाका उपप्रमुखहरु र पत्रकार लगायतको उपस्थिति रहको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार