१० श्रावण २०८१, बिहीबार

पदक विजेता एक सय ४४ जना खेलाडी सम्मानित



धनगढी । जिल्ला खेलकुद विकास समितिले राष्ट्रिय तथा अन्तरष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।
समितिले आज धनगढीमा बृहत खेलाडी सम्मान तथा दशैं मिलन कार्यक्रम आयोजना गरी जिल्लाका एक सय ४४ जना खेलाडीहरुलाई सम्मान गरेको हो । सम्मानित हुने खेलाडीलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
उसु, कराँते, फुटबल, तेक्वान्दो, बोक्सिंग लगायतका विधाका खेलाडी र गुरूहरुलाई सम्मान गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंहले बताए ।
कार्यक्रममा मन्त्री सोडारीले पदक विजेता खेलाडीलाई सम्मान गर्नमा पाएकोमा गौरवान्वित महसुस भएको बताए । उनले खेलकुदको विकासका लागि प्रदेश सरकारले गम्भीरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार