१४ मंसिर २०७९, बुधबार

जेष्ठ नागरिकलाई कम्मल वितरण




धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाले २८ औं जेष्ठ नागरिक दिवसका जेष्ठ नागरिकलाई कम्मल लगायतका सामाग्री वितरण गरेको छ ।
सोमबार मसुरियामा एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले सो नगरपालिकाका ११ वडाका ५५ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्दै कम्मल, र टर्चलाइट वितरण गरे ।
गौरीगंगा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले सो सम्मान र कम्मल वितरण कार्यक्रम आगामी बर्षपनि जारी राख्ने बताए । उपप्रमुख अञ्चला चौधरीले अघिल्लो बर्ष प्रत्येक वडाका तीन जनालाई यो बर्ष पाँच जनालाई र आगामी बर्ष १० जनालाई सम्मान तथा सहयोग गर्ने कार्यक्रम रहेको जानकारी दिइन् ।
नगरपालिकाले विपन्न, एकल महिला, असाहय, कहिल्यै पनि सहयोग नपाएका र गरिव जेष्ठ नागरिकलाई सम्मान तथा सहयोग गरेको जनाएको छ ।
सम्मान र कम्मल पाएपछि जेष्ठ नागरिकहरु निक्कै खुसी भएका थिए । आफूले पाएको कम्मल जाडोमा काम लाग्ने भएपछि खुसी लागेको छ १०२ बर्षीय साइते कामीले बताए ।
फाया नेपालको समेत सहयोगमा आयोजित सो कार्यक्रमका अवसरमा जेष्ठ नागरिकको सम्मान र संरक्षणमा प्रेरित गर्नका लागि सन्देशमुलक नाटक कार्यक्रम पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्