२ माघ २०८१, बुधबार

चाडपर्वको बेला यात्रा सुरक्षित बनाउन नागरिक सहायता कक्ष



धनगढी । ट्राफिक प्रहरीले नजिकिदै गरेको चाडपर्वका लागि सुदूरपश्चिम प्रदेशमा १२ वटा नागरिक सहायता कक्ष सञ्चालन गरेको छ ।

दशैं, दिपावली र छठ पर्वको अवसरमा राजधानी तथा देशका बिभिन्न ठाउबाट चाडपर्व मनाउन आउने/जाने सर्वसाधारणहरुलाई लक्षित गरी सो कक्ष स्थापना गरेको जनाएको छ । सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक टेकबहादुर जोराले एक विज्ञप्ति प्रकाशन गरी कक्षले सहज र सुरक्षित आवागमनको ब्यवस्था र सवारी दुर्घटना न्युनिकरण गर्नका लागि काम गर्ने जनाएका छन् ।

ट्राफिक प्रहरीले कैलालीको अत्तरिया, धनगढी र लम्की, कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुराको बागबजार र स्याउले, डोटीको पिपल्ला, बैतडीको गोठलापानी, अछामको मंगलसेन, बझाङको सिमखेत, दार्चुलाको खलङ्गा र बाजुराको मार्तडी बसपार्क नागरिक सहयता कक्ष स्थापना गरिएका छन् । ति नागरिक सहायता कक्षहरू नजिकका ट्राफिक प्रहरी कार्यालयहरूले सञ्चालन गरिरहेको ट्राफिक प्रहरी निरीक्षक जोराले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार