१० श्रावण २०८१, बिहीबार

टीकापुर घटना : साक्षी वकपत्र सकियो



धनगढी । टीकापुर घटनाको साक्षी वकपत्रको कार्य सकिएको छ । तीन वर्ष अघि २०७२ साल भदौ ७ गते भएको टीकापुर घटना मुद्दाअन्तर्गत जिल्ला अदालत कैलालीमा वादी र प्रतिवादी पक्षका साक्षी बुझी बकपत्र गराउने कार्य आइतबार सकिएको जनाइएको छ ।
वादी तर्फका वकिल अधिवक्ता गजेन्द्र केसीले साक्षी वकपत्रको कार्य सकिएको बताए । उनले साक्षी वकपत्र सकिएपछि मुद्दा पेसीमा जाने बताए । उनले सक्कल मिसिल उच्च अदालत काठमाडौं पठाइएकोले पेसीको लागि केही दिन ढिला हुनसक्ने बताए ।
जिल्ला अदालत कैलालीले भदौं २४ गतेदेखि नियमित साक्षी वकपत्रको लागि उपस्थित गराइरहेको थियो ।
वकपत्रमा वादी पक्षका ३५ र प्रतिवादी पक्षका ५० जना गरी ८५ जना साक्षी अदालतमा उपस्थित भएका थिए । टीकापुर घटनाको मुद्दा प्रक्रियामा गइसकेकोले छिट्टै किनारा लाग्ने सम्भावना रहेको अधिवक्ता केसीले विश्वास व्यक्त गरे ।
२०७२ भदौ ७ गते भएको टीकापुर घटनाको अभियोगमा पुर्पक्षको लागि कारागार चलान गरिएका अभियुक्तलाई जिल्ला अदालत कैलालीले भदौ २४ गतेदेखि साक्षी वकपत्रको लागि उपस्थित गराइरहेको छ ।
घटनाको अभियोगमा ‘सांसद’ रेशमलाल चौधरीसहित २६ जना पुर्पक्षका लागि कारागार चलान गरिएका छन् ।
थरुहट/थारूवान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडप हुँदा एक नाबालकसहित ८ प्रहरीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार