१२ श्रावण २०८१, शनिबार

सांसद तामाङमाथि आक्रमणको प्रयास



धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश सभाका प्रमुख सचेतक तारा लामा तामाङमाथि आज साँझ आक्रमणको प्रयास भएको छ । धनगढीको ओम प्यालेससँगै रहेको बेल्स परिकारमा नास्ता खान जाँदै गर्दा प्रमुख सचेतक तमाङलाई आक्रमणको प्रयास गरिएको हो ।
‘राजधानी सार्न पाइदैन’, ‘तारा लामा मुर्दावाद’ जस्ता नारा लगाउँदै केही व्यक्तिहरूले सांसद तामाङमाथि आक्रमण गर्न खोजेका थिए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख विनोद घिमिरेका अनुसार समयमै आक्रमण हुने जानकारी पाएपछि प्रहरीले सांसद तामाङलाई जोगाउन सफल भएको हो । उनले भने– “आन्दोलनकारी कै समूहबाट सांसद तामाङमाथि आक्रमण गर्ने जानकारी आएपछि हामीले प्रहरी प्रचालन गरेका थियौं ।”
प्रमुख सचेतक तामाङले आफूले प्रदेश सभाले दिएको जिम्मेवारी पूरा गरेको हो, त्यही कारण म माथि आक्रमण गर्न खोज्नु दु:खद् हो भने ।
प्रमुख सचेतक तामाङ प्रदेशको नामांकन र राजधानी तोक्ने सुझाव समितिका संयोजक हुन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार