१० श्रावण २०८१, बिहीबार

कांग्रेस सांसदद्वारा प्रदेश सभा अवरुद्ध, राजधानीको निर्णय सच्याउन माग




धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले प्रदेश सभाले दुईतिहाइ बहुमतबाट पास गरेको राजधानी र प्रदेश बारेको निर्णय सच्चाउन माग गर्दै आइतबारको संसद वैठक अवरुद्ध गरेका छन ।
नेपाली कांग्रेस र राजपाले बहिस्कार गरेपनि गत शुक्रबार सत्तापक्षका दुईतिहाइ सांसदहरुले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीकै गोदावरीमा राख्ने निर्णय गरेका थिए ।
नेपाली कांग्रेसका सांसद डिल्लीराज पन्तले प्रतिपक्ष संसदको गहना हो प्रतिपक्षले संसद अवरुद्ध गर्दागर्दै पनि बहुमतको दम्भमा राजधानी र प्रदेशका नाम बारे निर्णय लिनु अनुचित होे भने । संसद अवरोधकै क्रममा संसदमा बोल्दै सांसद पन्तले राजधानी र प्रदेको नाम पास गर्दा संसदको विधी, पद्धती र परम्परा तोडिएको बताए ।
कांग्रेसले संसद अवरुद्ध गरेपछि सभामुख अर्जुनबहादुर थापाले आगामी १६ गतेसम्मका लागि संसद स्थगित गरे । प्रतिपक्षले नाम र राजधानी बारे सुझाव दिन गठित विशेष समिति पनि बैधानिक नभएको र धनगढीमा राजधानी हुनु पर्ने माग गर्दै आएको छ । नेपाली कांग्रेसको संसदीय दलका नेता रणबहादुर रावलले निर्णय नसच्चिएसम्म अवरोध जारी रहने बताए । आइतबारको संसदमा आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रशासकीय कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको बिधेयक टेवुल गर्ने कार्यक्रम रहेको थियो ।
धनगढीमै राजधानी रहनु पर्ने माग गर्दै नेपाली कांग्रेसको अगुवाइमा धनगढीमा आन्दोलन पनि भइरहेको छ । कांग्रेसले आन्दोलन क्रममा गत शुक्रबारदेखि नै अनिश्चितकालिन धनगढी बन्द गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार