१० श्रावण २०८१, बिहीबार

अवरूद्ध संसद शुरू, कांग्रेस र राजपाका सांसदले बैठक छोडे



धनगढी । नेपाली कांग्रेस सांसदहरुको अवरोध गरेको प्रदेश सातको प्रदेश सभाको बैठक शुरु भएको छ ।
प्रदेश सातको राजधानी र नाम अनुमोदन गर्न बसेको प्रदेशसभा बैठक कांग्रेसका सांसदहरुले रोस्टम घेराउ गरी अरुबद्ध गरेपछि दिउँसो १ बजेको लागि बोलाइएपनि दिउँसो ३ बजेमात्रै शुरु हुन सकेको हो । सत्तापक्ष र प्रतिपक्षको छलफल चलिरहेको हुनाले दिउँसो १ बजे बोलाएको संसद बैठक ढिलो गरी शुरु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका नेता तारा लामा तामांगले संसदमा प्रदेशको राजधानी गोदावरी ४ तेघरी र नाम सुदूरपश्चिम कायम गरियोस भनि प्रस्ताव पेश गरेका छन् । उनको प्रस्तावलाई संसद विरमान चौधरी र शान्ति नेपालीले समर्थन गरेका छन् ।
संसद शुरु भए लगत्तै आफ्नो धारणा राखेर नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीका सांसदहरुले संसद बैठक छोडेका छन् । कांग्रेस र राजपाका सांसदले बैठक छोडेपनि संसद चलिरहेको छ ।
संसद बैठकमा सत्तापक्षमा सांसदहरु मात्रै उपस्थित भएपनि लामाको प्रस्तावमाथि छलफल र बहस शुरु भएको छ । बसह सकिएपछि सत्तापक्षका सांसदहरुले सो प्रस्ताव दुई तिहाई मतले पारित गर्ने जनाइएको छ ।
प्रदेश सभामा पेश भएको प्रदेशको राजधानी र नाम बारे शुक्रबारको बैठकमा अनुमोदन गर्ने कार्यसूचि छ । कांग्रेसका सांसदहरुले प्रदेशको राजधानी धनगढीमै हुनुपर्ने अडान राख्दै आएका छन् ।
राजधानी र नामांकन निर्धारण गर्न गठित विशेष सुझाव समितिले प्रदेश सातको राजधानी गोदावरी वडा नं. ४ र नाम सुदूरपश्चिम प्रस्ताव गरेको छ ।शुक्रबारको बैठकमा अर्को प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका सांसदहरु मौन बसेका छन् ।
सभामुखले बैठकको शुरु गर्न खोज्दा कांग्रेसका सांसदहरुले उभिएर चुपचाप लागेका थिए । सभामुखले पटकपटक बस्न आग्रह गर्दा पनि नबसेपछि उभिनाको कारण उल्लेख गर्न कुनै एक जनालाई बोल्न समय दिएका थिए । सो समयको उपयोग गर्दै कांग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले गोदावरी राजधानी किन भन्दै असहमति जाहेर गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्
विशेष समाचार