२१ बैशाख २०८१, शुक्रबार

प्रदेश राजधानी धनगढी हुनुपर्ने माग सहित बन्द



धनगढी । प्रदेश सातको राजधानी गोदावरी–४, तेघरी प्रस्तावमा असहमति जनाउादै आज धनगढी उपमहानगरपालिका बन्द गरिएको छ ।
नेपाली कांग्रेसका कार्यकर्ताहरुले धनगढी नगरबासीको नामका विज्ञप्ति जारी गरी बजार, यातायात, शिक्षण संस्था, उद्योग बन्द गराएका छन् । उनीहरुले प्रदेश राजधानी गोदावरी सार्ने प्रस्ताव खारेज गरी धनगढीलाई नै प्रदेश राजधानी कायम गरिनुपर्ने माग गरेका छन् ।
बिहानैदेखि धनगढी बजार खुल्न पाएका छैन भने बजारमा यातायातका साधनहरु चल्न पाएका छैनन् । बन्दकर्ताहरुले धनगढी बजारमा अटो समेत चल्न दिएका छैनन् । उनीहरुले अटोको साचो खोस्ने र यात्रुलाई अटोबाट ओरालेर हिडाउने गरिरहेका छन् । बन्द भएपछि धनगढी बजारका चोक चोकमा प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
बुधबार प्रदेश सभाभित्र संसद बैठक चलिरहदा नेपाली कााग्रेस निकट युवाहरूले प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका थिए । उनीहरुको आन्दोलनलाई समर्थन गर्दै धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले बन्द आव्हान गरिएको विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा लामो समयदेखि धनगढी नगरपालिका मर्मत सम्भारमा अरबौं रकम खर्च गरी सकेको र सबै संरचना तयार रहेकोले धनगढी नै प्रदेश सातको स्थायी राजधानी कायम हुनुपर्ने माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार