२१ बैशाख २०८१, शुक्रबार

प्रदेश सातकाे राजधानी र नाम बारे छलफल गर्न प्रदेश सभाकाे बैठक शुरू, राजधानी धनगढी हुनु पर्ने माग गर्दै संसद भवन अगाडि प्रदर्शन (तस्बिर र भिडियोसहित)



धनगढी । प्रदेश सातकाे राजधानी र नाम बारे छलफल गर्न प्रदेश सभाकाे बैठक अाज दिउँसाे १ बजे शुरू भएकाे छ । प्रदेशकाे नामांकन तथा स्थायी राजधानी निर्धारण गर्न गठित विशेष सुझाव समितिले हिजो (मंगलबार) सुझाव सहितको प्रतिवेदन संसदमा प्रस्तुत गरेपछि आज छलफल शुरू भएकाे हाे ।

समितिले प्रदेश राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्न सुझाव दिएको छ । विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम राख्न प्रस्ताव गरेको छ ।
प्रदेश सभाको मंगलबारको बैठकमा विशेष सुझाव समितिका संयोजक तारा लामा तामाङले प्रस्तुत गरिएको प्रतिवेदनमा प्रदेशको नाम सुदूरपश्चिम र राजधानी तेघरी राख्न सुझाव दिइएको छ । प्रतिवेदनमा प्रदेशको स्थायी राजधानी राख्ने बारे भनिएको छ– “कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ अन्तर्गत तेघरीस्थित नेपाली सेनाको ब्यारेक रहेको स्थानदेखि उत्तरपश्चिम, गोदावरी (धनगढी–डडेल्धुरा सडक) सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र गोदावरी बजारदेखि दक्षिण, यति चार किल्ला भएको हाल ससाना बुट्यान मात्र भएको र स्थायी राजधानीका लागि पर्याप्त सार्वजनिक जग्गा रहेको क्षेत्र ।”

प्रदेश सात सचिवालयका अनुसार छलफलमा सांसदहरूले सो प्रतिवेदनमा चित्त नबुझे संशोधन प्रस्ताव पेस गर्न सक्ने छन् । सचिवालयका कानून अधिकृत तेजप्रकाश जोशीका अनुसार प्रतिवेदनमाथि संशोधन प्रस्ताव दर्ता भएमा सोको छलफलपछि निर्णयार्थ पूर्ण बैठकमा प्रस्तुत हुने छ ।

प्रदेश सभाकाे बैठकभित्र चलिरहेका बेला नेपाली कांग्रेस निकट केहि युवाहरूले प्रदेश सभा भवन अगाडि प्रदर्शन शुरू गरेका छन् । उनीहरूले प्रदेशकाे राजधानी धनगढी हुनु पर्ने माग राखेका छन् । सरकार, राजधानी गाेदावरीकाे तेघरीमा गरिएकाे प्रस्ताव  विरूद्ध नारावाजी गरिरहेका छन् । उनीहरूले साे प्रस्ताव फिर्ता लिर्इ प्रदेशकाे राजधानी धनगढी ताेक्न मा गरिरहेका छन् । प्रदर्शनमा उत्रिएका युवाहरूले भाेलि धनगढी बजार बन्द घाेषणा गरेका छन् ।

प्रदर्शनबारे जानकारी पाएकाे सरकारले प्रदेश सभा भवनभित्र र बाहिर कडा सुरक्षा व्यवस्था गरेकाे छ । प्रदेश सभा भवनबाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे टाेली तयनाथ गरिएकाे छ । यसअघिकाे प्रदेश सभामा बैठककाे बेला सर्वसाधारणालार्इ सभा भवनकाे प्रांगणमा प्रवेश दिइन्थ्याे भने अाजकाे बैठकमा गेटभित्र सर्वासाधरणलार्इ छिर्न दिइएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार