५ जेष्ठ २०८१, शनिबार

दशैंमेला लाग्ने



धनगढी । धनगढीमा यो वर्ष पनि दशैं मेला लाग्ने भएको छ । दशैंतिहारलाई लक्षित गरी पार्कचौकदेखि सेती अञ्चल अस्पतालसम्म दशैं मेला लाग्ने आयोजक धनगढी मेनरोड बजार व्यवस्थापन समितिले जनाएको छ ।
धनगढी क्षेत्रको पर्यटन, उद्योग, व्यापारको विकास तथा संस्कृतिको प्रवद्र्धनका लागि मेला आयोजना हुन लागेको आयोजक समितिका संयोजक चन्द्रकान्त पनेरूले बताए ।
दशैंको बेला चहलपहल बढाउनका लागि र व्यापार व्यवसाय प्रवद्र्धन हुने आशामा मेला आयोजना हुन लागेको संयोजक पनेरूले बताए । गत वर्ष पनि घटस्थापनादेखि नवमीसम्म मेलाको आयोजना गरिएको थियो ।
यसपाली असोज २४ देखि कात्तिक १ गतेसम्म दशैं मेला आयोजना हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार