२१ बैशाख २०८१, शुक्रबार

निर्मला हत्याकाण्डको प्रतिवेदन सरकारलाई



धनगढी । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
एक महिना लगाएर छानविन गरेपछि गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वको समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापालाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा घटना पछिको परिस्थिति बारे खुलाइएको र घटना कसरी भयो भन्ने बारे प्रतिवेदनमा उल्लेख नभएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
मन्त्रालयले मैनालीको संयोजकत्वमा भदौ ७ गते उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिलाई तोकिएको १५ दिनको म्यादसम्म जाँचबुझ नसकिएपछि भदौ २४ मा मन्त्री परिषद् बैठकले भदौ २५ देखि लागू हुने गरी १५ दिन म्याद थप गरिएको थियो ।
गत साउन ११ गते निर्मलाको बलात्कार गरी हत्या गरिएको थियो । कञ्चनपुर प्रहरी र केन्द्र अनुसन्धान ब्युरोको टोलीले छानविन गर्न नसकेपछि एक महिनापछि सरकारले सहसचिव मैनालीको नेतृत्वमा सो उच्च स्तरिय छानविन समिति गठन गरेको थियो ।
प्रतिवेदन बुझाउन गृह मन्त्रालय पुगेका उच्चस्तरिय छानविन समितिका संयोजक मैनालीसहित सदस्यहरु प्रदेश नं. ७ को आन्तरिकमा मामिला तथा कानुन मन्त्रालयका उपसचिव विरेन्द्र केसी, प्रहरी महानिरक्षक सर्वेन्द्र खनाल लगायतको उपस्थिति थियो ।
साउन १० गते आफ्नो घरबाट साथीको घरमा पढ्न गएकी भिमदत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षीया निर्मला त्यसको भोलीपल्ट उखुबारिमा मृत अवस्थामा फेला परेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार