२२ बैशाख २०८१, शनिबार

ढल निकास नहुँदा धनगढी डुवानमा (फाेटाे फिचर सहित)




धनगढी । साेमबार रातिको भारी वर्षाकाे पानी निकास नहुँदा कारण धनगढीका भिविन्न क्षेत्र डुवानमा परेका छन् ।
पानीको निकास नहुँदा धनगढीमा रहेको प्रदेश नं. ७ को संसद भवन, पार्कमोड, एलएनचोकदेखि पार्कमोडसम्मको सडक, विशाल नगर, नैनादेविस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय अगाडिको सडक, नवदुर्गा मन्दिर क्षेत्र, क्याम्पस शिवनगर लगायतका क्षेत्र डुवानमा परेका हुन् ।


डुवानका कारण विहानै क्याम्पस जानुपर्ने विद्यार्थी लगायत सर्वसाधारणहरु आवतजावत गर्न समस्या भएको छ । वर्षाका कारण रातिदेखि बिहानसम्म धनगढीमा विद्युत अवरुद्ध भएको थियो ।
सोमबार रातिको वर्षा ठूलो भएपनि खोलामा भने पानी सतहमै छ । तर धनगढी बजार क्षेत्रको सडकमा पानी जमेर सडक अवरुद्ध भएको छ । बजारमा परेको पानी खोलासम्म पुग्ने व्यवस्था नभएकाले बजार डुवानमा परेको हो ।


यसै वर्ष पनि साउनमा पनि सो क्षेत्रहरु डुवानमा परेका थिए । हल्ला वर्षा हुने वित्तिकै वर्षौदेखि धनगढीका ति क्षेत्र डुवानमा हुँदै आएपनि धनगढी उपमहानगरपालिकाले ढल निकासको लागि चासो दिएको छैन ।


धनगढी नगरपालिकाभित्र बसोबास गर्ने व्यक्तिहरुले नाला पुरिने गरी निर्माण सामाग्री राख्ने, फोहोर व्यवस्थापन नगर्ने गरेकाले पनि डुवान हुँदै आएको हो । नरपालिकाले ढल निकास बनाउने र नियमित रुपमा सरसफाई नगर्ने गरेकाले वर्षौदेखि धनगढीमा डुवानको समस्या हुँदै आएको छ भने राजनीतिक दलहरुले चुनावको बेला धनगढी डुवान समस्या समाधान गर्ने चुनावी एजेण्डा बनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार