१० श्रावण २०८१, बिहीबार

कृषि संकलन केन्द्रको अनुगमन



सुखड । विवादमा रहेको कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडस्थित कृषि संकलन केन्द्रको सोमबार जिल्ला प्रशासन कार्यालय कैलालीले स्थलगत अनुगमन गरेको छ ।
नगरपालिकाको १२ लाख रुपैया“ अनुदानमा निर्माण भएको सो योजनामा गुणस्तरहीन कच्चा पदार्थ प्रयोग गरिएको भन्दै स्थानीयले निगरानी बढाएपछि योजना उपभोक्ता समितिका केही पदाधिकारीले धम्की दिएको र आर्थिक हिनामिना गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । उजुरीपछि जिल्ला प्रशासन कार्यालय र भवन तथा शहरी विकाश कार्यालयका प्रतिनिधिले स्थलगत अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका नायव सुब्बा ईश्वर जोशीले बताए ।
अनुगमन टोलीले एक साताभित्र प्रतिवेदन दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार