२ जेष्ठ २०८१, बुधबार

कुखुरा, अण्डामा खोरबाट पसलमा लैजादा पनि कर, ठेक्का सम्झौता अझैं रद्द भएन



धनगढी । कुखुरापालक किसानको व्यापक विरोध पछि पनि धनगढी उपमहानगरपालिकाले अझैं कुखुरा, अण्डा, माछामासुमा कर संकलनका लागि गरेको ठेक्कापट्टा रद्द गरेको छैन । धनगढी उपमहानगरपालिकाले सरसफाई करका नाममा कुखुरा, तथा अण्डा र माछा तथा खसीबोकामा कर संकलनको ठेक्कापट्टा गरेपछि अहिले खोरबाट पसलमा कुखुरा लैजान पनि किसानले कर तिर्नुपरिरहेको छ ।
उपमहानगरपालिकाले चालू आर्थिक वर्ष २०७५÷०७६ मा माछामासु, कुखुरा तथा अण्डामा समेत कर संकलन गर्न ठेक्कापट्टा गरेको थियो । यद्यपि उपमहानगरपालिकाले देशबाट बाहिर निर्यात हुने र बाहिरबाट आयात हुने कुखुरा, अण्डा तथा खसीबोका र अन्य कृषिजन्य वस्तुमा कर लगाइएको जनाएको छ, तर उपमहानगरभित्र एउटा वडाबाट अर्को वडामा कुखुरा वा अण्डा लैजान पनि कर तिर्नुपरेको किसानले गुनासो गरेका छन् ।
उपमहानगरपालिकाल सरसफाइ शुल्क संकलन भनेर प्रतिकुखुरा २० रूपैया“ र प्रतिअन्डामा एक रूपैया“ कर लगाएको छ ।
उपमहानगरपालिकाले कुखुरा, अन्डा, खसी, बोका आदि कृषि–पशुजन्य उपजबाट कर संकलन गर्न ४१ लाख पा“च हजार रूपैया“मा बालाजी कन्स्ट्रक्सन धनगढीस“ग ठेक्का सम्झौता गरेको छ । कुखुरा पालक किसान तथा व्यवसायीहरुका अनुसार ठेकदारका प्रतिनिधिहरुले पोल्टीफार्म र मासु पसलमै गएर गाडीमा लोड गरिएका कुखुरा र अन्डाको रसिद काटेरै कर संकलन गरिरहेका छन् ।
कुखुरापालक किसानहरुले नगरभित्रै एक ठाउ“बाट अर्को ठाउ“मा खरिद–बिक्रीका लागि कुखुरा र अन्डा ओसार्दासमेत चर्को कर तिर्नुपरेको गुनासो गरे ।
कुुखुरा तथा अन्डा उत्पादक किसान संघ कैलालीका अध्यक्ष भुवन पाण्डेयले व्यापक विरोध पछि केही दिन यता कर उठाउन केही कम भएको बताए । ‘उपमहानगरपालिकाले अर्को निर्णय नभएसम्मका लागि ठेकेदारलाई कर नउठाउन भनेको सुनिएको छ” उनले भने ‘चार÷पा“च दिन यता कर उठाउन रोकिएको छ ।
ठेकेदारका प्रतिनिधि पोल्टीफर्ममै गएर गाडीमा लोड भएका कुखुराको कर असुल्ने गरेको उनले बताए । ‘एक स्थानीय तहबाट अर्को स्थानीय तहमा लैजा“दा कर लिनु स्वाभाविक होला, तर, यहा“ त नगरभित्रै एक ठाउ“बाट अर्को ठाउ“मा लैजा“दा समेत कर तिर्नु परेको छ” अध्यक्ष पाण्डेयले भने– करका नाममा किसानको ढाड सेक्ने काम भएकोले यो रद्द गरिनुपर्छ ।
कुखुरापालक किसानहरुले कुखुरा, अण्डामा चर्को कर लगाएर उपमहानगरपालिकाले कुखुरापालन व्यवसायलाई नै निरुत्साहित गर्न खोजेको आरोप लगाएका छन् । माछामासु, कुखुराm अण्डामा चर्को कर लगाउ“दा उपभोक्तासमेत मारमा पर्ने व्यावसायीहरुले बताए । कुखुरापालक किसान तुलसी गौतमले कृषि र पशुपालनमा स्थानीय सरकारले प्रोत्साहन गर्नुको सट्टा ढाड सेकिने गरी कर लगाएर निरुत्साहित गर्न खोजेको बताए ।
ठेकेदार मुनिर खानले उपमहानगरपालिकासंगै सम्झौता गरेर सो कर उठाउन लागेको बताए । उनले ठेक्कासम्झौतामा स्पष्टसंग देशभित्र पनि कुुखुरा र अण्डामा कर संकलन गर्न पाउने उल्लेख भएको दाबी गरे ।
धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले अन्य मुलुक तथा क्षेत्रबाट आयात निर्यात हुने कुखुरा तथा अण्डामा मात्र कर लगाइएको बताए । ‘हामीले एक वडाबाट अर्को वडामा लगिने लागेको कुखुरा, अण्डा वा खसीबोकामा कर लगाउने भनेकै होइनौ” नगर प्रमुख वडले भने– तर, ठेकेदारले मनोमानी गरेको पाईएकोले ठेक्का सम्झौता नै रद्द गर्नेतर्फ प्रक्रिया अघि बढाएका छौं ।
कुखुरापालक किसानले नगरभित्र एक वडाबाट अर्को वडामा ढुवानी गर्दा लिइने कर हटाउन भनी पटक–पटक नगरपालिकासंग माग गरेका थिए । नगर प्रमुख वडलाई भेटेरै कर हटाउन आग्रह गरिएको संघका अध्यक्ष पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार