१४ मंसिर २०७९, बुधबार

संगम सहकारीको नयाँ कार्यसमिति



धनगढी । धनगढी उपमहानगरापलिका वडा नम्बर ३, चटकपुरस्थित संगम बचत तथा ऋण सहकारी संस्थाको शनिबार नयाँ कार्यसमिति चयन भएको छ । संस्थाको शनिबार भएको छैठौ साधारण सभाबाट अध्यक्षमा नरेशबहादुर बिष्टलाई पुनः चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा यादवप्रसाद बिष्ट, सचिवमा मनमोहन बिष्ट र कोषाध्यक्षमा सावित्रीदेवी साहू चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा रघुवीर भट्ट, जानुकादेवी गुरुङ र हिक्मतबहादुर रावल चयन भएका छन् ।
साधारण सभाले दीपकराज जोशीको संयोजकत्वमा नारायणसिंह बिष्ट, केदारनाथ भट्टराई सदस्य रहेको लेखा समिति पनि गठन गरेको छ ।
त्यस्तै, शिक्षा समितिमा प्रिया खड्का र रोशनकुमार कर्ण चयन भएका छन् भने युवा समितिमा शिवराज उपाध्याय चयन भएका छन् ।
यसअघि साधारण सभाको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष नरेशबहादुर बिष्टको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा नगरप्रमुख वड, नवजीवन सहकारी संस्थाका अध्यक्ष चक्रबहादुर सिंह, जिल्ला सरकारी संघ, कैलालीका अध्यक्ष विश्वप्रकाश पौडेल, धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्द लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाले गत आर्थिक वर्ष २०७४/०७५ मा आठ करोड रुपैया मुनाफा गरेको जानकारी दिइयो ।
सो अवसरमा उत्कृष्ट वचतकर्ताका रुपमा कमला भट्टराई, गौरी श्रेष्ठ लगायतलाई कदरपत्र प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्