१२ श्रावण २०८१, शनिबार

धुर्मुस–सुन्तलीद्वारा धनगढीमा उग्रतारा प्लाजा उद्घाटन



धनगढी । प्रदेश सातको अस्थायी राजधानी धनगढीमा विभिन्न इलोक्टोनिक्स र फेशन सामग्री विक्रीवितरण गर्ने गरेर चार तले उग्रतारा प्लाजा भवन सञ्चालनमा आएको छ ।
धनगढीको रातोपुलमा रहेको उग्रतारा प्लाजाको सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले शनिबार औपचारिकरूपमा उद्घाटन गरेका छन् ।
सो प्लाजमा टिभी, फ्रिज, इन्भटर, मोवाइल, सोलार सिस्टम, सेकुरेटीका सामग्री, कप्युटर, ल्यापटप, सबै प्रकारका फर्निचर, फेशन सम्बन्धी सामग्री र विभिन्न तयारी पोशाक पाइने सञ्चालक टेकराज पनेरूले बताए ।
सो भवनमा उग्रतारा, होमटाउन, बेताल र बेलान्ज नामका फर्ममार्फत कारोबार गरिने पनि उनले बताए । पनेरूले लामो समयदेखि उग्रतारा, होमटाउन, बेताल मार्फत आफ्ना कारोबार गर्दै आएका छन् । भने अब काठमाडौको मेलान्ज नामको फर्ममार्फत फेशनका सामग्री र महिला पुरुषका लागि तयारी पोशाक समेत विक्रीवितरण हुने भएको छ ।
मेलान्जका शैलेश लोहनीले होलसेल भन्दा सस्तो भन्ने मुल नाराका साथ मेलान्जले विभिन्न फेशन सामग्री र तयारी पोशाक विक्री गर्ने बताए । सो अवसरमा कुञ्जना घिमिरे सुन्तलीले काठमाडौं बाहिर पनि राम्रा प्लाजा शुरु गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा उग्रतारा प्लाजा स्थापना हुनु खुसीको कुरो भएको बताइन् ।
सीताराम कट्टेल (धुर्मुस)ले पनि व्यवसायिकताका साथसाथै सामाजिक उत्तरदायित्व पुरा गर्न पनि व्यवसायीहरूलाई आव्हान गरे । 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार