५ कार्तिक २०८१, सोमबार

निर्मलालाई न्यायका लागि : कलिला विद्यार्थीहरूको गर्जन– ‘वी वाण्ट जष्टिस’



धनगढी । ‘वी वाण्ट जष्टिस’ शुक्रबार दिउसो धनगढी बजारमा कलिला स्कूले विद्यार्थीहरूको गगनभेदी आवाज गुन्जियो– ‘निर्मलालाई न्याय दे, नालायक सरकार, मुर्दावाद’ ।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५६ दिन भइसक्दा पनि अझैं घटनाको सत्यतथ्य तथा वास्तविक दोषिहरू पत्ता लाग्न नसकेपछि विभिन्न पक्षबाट देशका विभिन्न स्थानमा दिनहुजसो विरोध कार्यक्रमहरू भइरहेका छन् । धनगढीमा शुक्रबार नगर बाल सञ्जाल समितिको अगुवाईमा धनगढीका दर्जन बढी विद्यालयका विद्यार्थीहरू सडकमा ओर्लिएका थिए– निर्मलालाई न्यायका निम्ति ।
धनगढी चौराहादेखि शुरू भएको विरोध र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर टुंगिएको थियो । विरोध र्‍यालीका क्रममा विद्यार्थीहरूले सात नम्बर प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रदेशसभा, सामाजिक विकास मन्त्रालयलगायत सरकारी कार्यालय अगाडि चर्को नाराबाजी समेत गरेका थिए ।
यसैगरी बर्दगोरिया गाउँपालिकामा विभिन्न संघसंस्था प्रतिनिधि तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा बृहत विरोध प्रदर्शन भएको छ ।
सहकर्मी पदम ओझाले प्रेषित गरेको समाचारअनुसार बर्दगोरिया गाउँपालिकामा रहेका बसन्तमुरारी माध्यामिक विद्यालय, जगततारा बोर्डिङ स्कुल, आर्दश सामुदायिक माध्यामिक विद्यालय तथा नोवेल माध्यमिक विद्यालयका विद्यार्थी र पशुपति युवा क्लव, जुनकिरी नेपाल एवं दलित महिला एकता मञ्चका सदस्यहरूको सहभागितामा बृहत विरोध र्‍याली तथा कोणसभा भएको थियो ।
‘निर्माला पन्तलाई न्याय दे, घटनाको सत्यतथ्य उजागर गर, महिला हिंसा बन्द गर, बालबालिकामाथिको हिंसा बन्द गर, अपराधी लुकाउन पाइदैन, देशको कानून हरायो की नेपाल सरकार डरायो ?’ लगायतका प्लेकार्ड सहित बौनिया चौराहाबाट निस्केको विरोध र्‍याली बौनिया बजार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा वक्ताहरूले निर्मलाको बलात्कार तथा हत्या भएको दुई महिना पुग्न लाग्दा पनि घटनाको सत्यतथ्य किन अझैं बाहिर आउन सकेन भन्ने बारे सरकारले जनतालाई जवाफ दिन माग गरे ।

तस्बिरमा निर्मला पन्तका निम्ति न्याय

Nirmala-Photo-Feature-1
विभिन्न विद्यालयका विद्यार्थीको धनगढीमा विरोध प्रदर्शन


बर्दगोरियाका विभिन्न विद्यालयका विद्यार्थीको विरोध र्‍याली

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार