१२ श्रावण २०८१, शनिबार

यातायात मजदुरको हड्तालले पेट्रोलियम अभाव



धनगढी । मुलुकी संहिता ऐनको विरोधमा यातायात मजदुरहरुको हड्तालको कारणले प्रदेश नं. ७ मा पेट्रोल अभाव भएको छ ।
यातायात क्षेत्रका सम्पूर्ण मजदुरहरुले मुलुकी संहिता ऐन संशोधन हुनुपर्ने माग राख्दै असोज १ गतेदेखि हड्तालमा उत्रिएपछि धनगढी लगायतको प्रदेश नं. ७ को विभिन्न क्षेत्रमा पेट्रोल अभाव भएको हो । आयल निगममा प्रसस्त पेट्रोल भएपनि वितरण गर्न नपाएको हुनाले पेट्रोलियम पदार्थ बजारमा सकिदै गएको नेपाल आयल निगम धनगढीका प्रमुख सर्पराज शर्माले बताए ।
पेट्रोल अभाव भएपनि पेट्रोल पम्पमा डिजल भने विक्री भइरहेका छन् । एक पेट्रोल पम्पका कर्मचारीले डिजल पनि सकिनै लागेको बताए । उनले पेट्रोल दुई दिन पहिले नै सकिएको जनाए ।
सवारी चालकहरुले असोज १ गते नै सवारी साधनको चावी सरकारलाई बुझाएका छन् । सबै सवारी चालकहरु आन्दोलित भएपछि ट्यांकरका सवारी चालकहरुले पनि पेट्रोलियम धुवानी गर्न नमानेको प्रमुख शर्माले बताए । उनले सवारी चालकहरुसंग जिल्ला प्रशासन कार्यालयले वार्ता गरिरहेको बताए ।
यातायात मजदुर संगठन र कैलाली जिल्ला प्रशासन कार्यालयबिच भएको छलफल निष्कर्षविहिन भएको छ ।
विगत तिन दिनदेखि भएको यातायात सवारी बन्दले आम नागरिकलाई सास्ती भएको भनेर बिहिबार कैलाली प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठको अध्यक्षतामा यातायात मजदुरहरुसंग छलफल भएको थियो ।
छलफलका क्रममा यातायात मजदुरहरुले आफुहरुले यातायात सञ्चालनमा रोक नलगाएको प्रजिअ बाबुराम श्रेष्ठलाई जानकारी दिएका थिए । सुदूरपश्चिम वस व्यवसायी समितिका अध्यक्ष पदम सापकोटाले चालकहरुको अगुवाई कसले गरिरहेको छ भन्ने जानकारी नभएको र एउटा पर्चाका आधारमा सबै चालकहरुले सवारी चलाउन बन्द गरेको प्रजिअ श्रेष्ठलाई जानकारी दिए ।
नया“ मुलुकी संहितामा चालकको लापरवाही देखिएमा पा“च वर्षदेखि १२ वर्षसम्म कैद सजायको व्यवस्था गरिएकोमा त्यसको विरोध गर्दै देशका विभिन्न सहरमा यातायात चालक तथा मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनकै क्रममा सुदूरपश्चिम यातायात व्यवसायी संघले भने समन्वयको प्रयास गरेको बताएको छ । अध्यक्ष सापकोटाले आन्दोलन जायज भए पनि व्यवस्थित भएर आन्दोलन गर्न चालकहरुलाई आग्रह गरेको बताए । आन्दोलनमा उत्रिएका चालकहरुलाई छलफलका लागि बोलाए पनि कुनै निष्कर्ष ननिस्केको सापकोटाले प्रजिअ श्रेष्ठलाई जानकारी दिए ।
जिफण्टका चक्रबहादुर मल्लले आन्दोलन कसको नेतृत्वमा भइरहेको भन्ने जानकारी नभएको बताए । ‘हामी सवारी चलाउन चालकहरुलाई अनुरोध गरिरहेका छौ’ उनले भने ‘तर, सवारी चल्दा तोडफोड गरिने डर छ ।’ उनले सरकारले सुरक्षा दिए चलाउन कुनै समस्या नरहेको बताउ“दै भने ‘हामी चलाउन त खोजिरहेका छौं । कहा“बाट कसले कसरी तोडफोड गर्छ थाहा छैन् । रातीको समयमा काठमाडौंबाट धनगढी आएका सवारीहरु तोडिएका छन् ।’
कैलाली प्रमुख जिल्ला अधिकारीले भने सबैलाई काममा बोलाएर सवारी सञ्चालन गराउन पहल गर्न आग्रह गरे । उनले भने ‘तपाइहरु सवारी चलाउनुहोस सुरक्षा दिन प्रशासन तयार रहेको छ । एक जिल्लाबाट अर्को जिल्ला जा“दा प्रशासन कार्यालयसंग पनि तपाइको सुरक्षाका लागि समन्वय गरिने छ ।’
नया“ मुलुकी संहिता सवारी चालकहरुको प्रतिकुल भएको भन्दै त्यसको कैलालीसहित देशभरीका सवारी चालकहरुले सवारी ठप्प गरेका छन् ।
चालकहरु आन्दोलनमा उत्रिएपछि प्रदेश ७ को सार्वजनिक यातायात बन्द छन् । जसले गर्दा यात्रुहरु अलपत्र परेका छन् । असोज १ गतेदेखि नै उनीहरुले सरकारको विरोधमा आन्दोलन गर्दै आएका हुन् । ठुला सवारी साधनसंगै पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरु पनि ठप्प हु“दा प्रदेशमा पेट्रोलियम पदार्थको अभाव सृजना भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार