१२ श्रावण २०८१, शनिबार

बस दुर्घटनाः दुइको मृत्यु, दुई गम्भिर



धनगढी । कैलालीको लम्कीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु र छ जना घाईते भएका छन् ।
चिसापानीदेखि महेन्द्रनगरतर्फ जादै गरेको से.१ ख. ११८८ नं. यात्रुबाहक बस लम्की चुहा नगरपालिका वडा नम्बर १ बल्चौर नजिकै दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा लम्की चुहा न.पा.१ बस्ने साईकल यात्री बर्ष १२ को अनिल वादी र धनगढी उ.म.न.पा.३ बस्ने बर्ष ३५ को परचुङ गुरुङ्ग भन्ने पिटर तामाङ रहेका छन ।
अनियन्त्रीत बसले साइकल यात्री बल्चौर बस्ने बर्ष १२ का अनिल वादीलाई ठक्कर दिएको थियो ।

मृतकलाई पोष्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको छ भने सामान्य घाईते चार जनाको लम्की स्थित लालरत्न अस्पतालमा उपचार भईरहेको र दुई जना सिकिस्त घाइतेलाई नेपालगंज रिफर गरिएको प्रहरीले जनाएको छ ।
सिकिस्त घाइते ज्ञानु जोशी र विक्रम बोहरालाई नेपालगञ्ज रिफर गरिएको छ भने अमन तामाङ, किरण बोहरा, शिव खडका र राम बहादुर चन्दको लम्कीस्थित लालरत्नमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार