३१ बैशाख २०८१, सोमबार

निर्मला पन्त हत्या प्रकरण : न्याय माग्न काठमाडौं



धनगढी । बलात्कारपछि हत्या भएकी निर्मला पन्तका आमाबुबा न्याय माग्न काठमाडौं पुगेका छन् ।
कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या भएको ४७ दिन भइसक्दा पनि ‘वास्तविक अपराधी’ पत्ता नलागेपछि बुबा यज्ञराज, आमा दुर्गा पन्त सहित महिला अधिकारकर्मीहरू सरकारको ध्यानाकर्षण गराउन काठमाडौं पुगेका हुन् ।
काठमाडौं पुगेर उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्री, प्रतिपक्ष दलका नेता लगायतलाई भेट्ने कार्यक्रम रहेको उनीहरूसँगै रहेकी महिला अधिकारकर्मी शारदा चन्दले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार