१२ श्रावण २०८१, शनिबार

डोटीमा ‘हेपाटाइटिस बी’ का ८ जना संक्रमित भेटिए



धनगढी । डोटीको जोरायल गाउँपालिकामा ‘हेपाटाइटिस बी’ का ८ जना संक्रमित फेला परेका छन्। सामाजिक विकास मन्त्रालयको रोग नियन्त्रण महाशाखा तथा स्वास्थ्य निर्देशनालयबाट गएको टोलीले जोरायल गाउँपालिकाका १ सय १२ जनाको रगत परीक्षण गर्दा चार जनामा हेपाटाइटिस बीको संक्रमण रहेको फेला परेको छ।

डाक्टर विकास दुवाडीको नेतृत्वमा गएको टोलीले चार जना संक्रमित फेला पारेको हो। यसअघि स्थानीय मेडिकलबाट चार जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए। दुई वर्ष पहिले रुवसकाडामा दुई जना र २२ महिनाअघि एक जनामा यो रोगको संक्रमण देखिएको थियो।

‘हेपटाइटिस बी’को संक्रमण नियन्त्रण तथा अनुसन्धानका गर्न मन्त्रालयले सम्बन्धित निकाय र सरोकारवालासँग समन्वय गरी प्रवर्धनात्मक, प्रतिकारात्मक र उपचारात्मक सेवाका लागि सक्रिय रुपमा लागि रहेको छ’ मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ। मन्त्रालयले स्थानीयलाई गलत प्रचारप्रसार नगर्न पनि आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार