३० बैशाख २०८१, आईतवार

यातायात व्यावसायीले सम्पत्ति विवरण बुझाएनन्



धनगढी । जिल्ला प्रशासन कार्यालय, कैलालीमा दर्ता भएका यातायात व्यावसायी समितिहरूले आफ्नो संस्थाको चल तथा अचल सम्पत्तिको विवरण अझैं बुझाएका छैनन् । प्रशासनले यातायात व्यावसायी समितिहरूलाई उनीरूको चल तथा अचल सम्पत्ति र दायित्वको पूर्ण विवरण बुझाउन सूचना प्रकाशित गरेको एक महिना बढी भईसक्दासम्म पनि कुनै यातायात समितिले विवरण बुझाएका छैनन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार यातायात समितिहरूले सम्पत्ति तथा दायित्वको एकिन विवरण बुझाउने सन्दर्भमा अनौपचारिक रुपमा सुदूरपश्चिम यातायात वस व्यवसायी समिति बाहेक अन्यले जानकारी गराएका छैनन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी यादव बहादुर भण्डारीले सूचना प्रकाशन भएको लामो समय भए पनि कुनै पनि यातायात समितिले हालसम्म सम्पत्ति विवरण नबुझाएको बताए ।

फाइल तस्बिर

जिल्ला प्रशासन कार्यालय कैलालीले गत साउन १८ गते यातायात समितिहरूलाई चल तथा अचल सम्पत्ति तथा दायित्वको एकिन विवरण बुझाउन ३५ दिने सूचना निकालेको थियो । सोही सूचना अुनसार सम्पत्ति विवरण नबुझाए गृहमन्त्रालयको निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयले आवश्यक पहल चाल्ने सूचना अधिकारी भण्डारीले बताए ।
सरकारले यातायात समितिहरूलाई खारेज गरेर कम्पनिमा लैजाने निर्णय गरिसकेको छ । ऐन अनुसार सार्वजनिक संघ सस्था खारेज भएपछि ती संस्थाको चल अचल सम्पति स्वत: नेपाल सरकारको हुन्छ । सोही अनुसार यातायात समितिहरूले आफुसँग रहेको चल अचल सम्पति नेपाल सरकारलाई बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।
तत्कालीन सुदुपश्चिम यातायात समितिका अध्यक्ष पदमराज सापकोटाले जिल्ला प्रशासन कार्यालयले प्रकाशित गरेको सुचना अनुसार सम्पति विवरण केही दिन अघि प्रशासन पुगे पनि कागजातमा छाप छुटेपछि पुन: फर्किएको र केही दिनमा सबै तयारी गरि बुझाउने बताए । सरकारले यातायात व्यवसायीहरूको सम्पती यातायात व्यवसायीले चलाउने गरि यातायात दर्ता प्रक्रिया अघि बढाउनु पर्ने उनको भनाई छ ।
सरकारले पुस मसान्तसम्म सबै यातायात व्यावसायीहरूलाई प्राइभेट कम्पनिमा दर्ता गर्न निर्देशन दिए पनि हालसम्म कुनै व्यवसायी समितिहरूले प्रालीमा दर्ता गरेका छैनन् । बरु असार मसान्त यता यातायात व्यवस्था कार्यालय सेतीमा दुई वटा नयाँ यातायात कम्पनि दर्ता भएका छन् । पत्ताल भुमेश्वर यातायात सेवा प्रालीले एउटा गाडी चलाउने गरी दर्ता गरेको छ भने सुपर कर्णाली डिलक्स यातायात प्राली दर्ता गरी पाँच वटा गाडी चलाउने अनुमती लिएको यातायात व्यावस्था कार्यालय सेतीका शाखा अधिकृत पुष्पराज पौडेलले बताए ।
पौस मसान्तसम्म सबै यातायात व्यवसायी समिति प्रालीमा दर्ता गर्न सरकारले दिएको निर्देशन अनुसार प्रालीमा दर्ता हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार