१० श्रावण २०८१, बिहीबार

पाथीभरा आयुर्वेद अत्तरियामा पनि



धनगढी । काठमाडौंको सिनामंगलमा रहेको पाथीभरा आयुर्वेदिक अस्पतालको शाखा अत्तरियामा पनि खुलेको छ ।

अस्पतालको फार्मेसीको रूपमा अत्तरियामा शाखा खुलेको हो । प्रायः सबै प्रकारका बिरामलाई आयुर्वेदिक औषधिको माध्यामबाट निको पारिरहेको दावी गर्दै आएको सो अस्पतालको शाखा सोमबारबाट अत्तरियामा खुलेको हो ।

सो शाखमा आउने बिरामीलाई नियमितरूपमा उपचार चेकजाँच गर्न नेपालमै प्रसिद्ध आयुर्वेद चिकित्सक विपी तिमिल्सेना महिना एकपटक आउने सो अस्पतालका प्रेमबहादुर सोमाइले बताए ।

पाथीभरा आयुर्वेदले झापाको दमकमा आफैले आयुर्वेदिक औषधि उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार