११ श्रावण २०८१, शुक्रबार

अझैं दुई दिन वर्षा हुने



धनगढी । मौसम पुर्वानुमान महाशाखाले देशका विभिन्न स्थानमा अझै दुई दिन हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान गरेको छ । मौसम पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको बुलेटिन अनुसार आगामी शनिबारसम्म वर्षा कायम रहने उल्लेख छ ।
महाशाखाका अनुसार बिहीबार राति देशका अधिकांश स्थानहरूमा सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख छ ।
भोलि (शुक्रबार) दिउँसो देशभरी नै आंशिक देखि सामान्य बदली रहि मध्य तथा पश्चिमका धेरैजसो स्थानहरूमा र पुर्वका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेका छ भने पश्चिम नेपालको एक दुई स्थान विशेष गरी तराई र चुरे भू–भागमा भारी वर्षाको पनि सम्भावना रहेको उल्लेख छ ।
त्यस्तै, राति देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका मध्य र पश्चिमका एक दुई स्थानहरूमा भारी बर्षाको पनि सम्भावना रहेको उल्लेख छ ।
पर्सी (शनिबार) दिउँसो देशभरी नै आंशिक देखि सामान्य बदली रहि केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राति देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि देशका केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ ।
बाढी पुर्वानुमान शाखाले देशका प्राय: ठूला र मझौला नदीहरू कन्काई, सप्तकोशी र यसका शाखा नदीहरू, कमला, बागमती, पश्चिम राप्ति, बबई, कर्णाली तथा यसका शाखा नदीहरू र महाकाली लगायतमा सर्तकता तह पार गने सम्भावना न्यून रहेता पनि बहवा उल्लेख्य बढ्ने भएकाले तटिय क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरेको छ ।
शाखाले भोलि (शुक्रबार) र पर्सी (शनिबार) प्रमूख नदीहरूमा बाढीको ठूलो जोखिम नरहेको उल्लेख गरेपनि पश्चिम भागको चुरेबाट बहने केही साना नदीहरूमा सर्तकता अपनाउन आग्रह गरेको छ ।
बाढी पुर्वानुमान शाखा अनुसार आज साझ महाकाली नदी र कर्णाली नदी सर्तकता तहभन्दा केही मात्र कम रहेको जनाएको छ । बाढी मापन केन्द्र पारिगाउँ अनुसार साँझ पाँच दशमलब ६ मिलिमिटर पुगेको थियो । केन्द्रका अनुसार पाँच दशमलब आठ मिलिमिटर सर्तकता तह र सात मिलिमिटिर खतरा तह मानिएको छ । साँझ नदीको बहाव स्थिर रहेको देखाएको छ ।
यस्तै चिसापानी मापन केन्द्रका अनुसार नदीमा आठ दशमलब एक सय ८१ मिलिमिटर बहाव रहेको उल्लेख छ । सो नदीमा १० मिलिमिटरलाई सर्तकता तह र १० दशमलब आठ मिलिमिटरलाई खतरा तह मानिएको छ । सो नदीमा साझको बहाव स्थिर रहेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार