१६ बैशाख २०८१, आईतवार

सत्ता र विपक्षको केन्द्रीय टोली महेन्द्रनगरमा



महेन्द्रनगर । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य लेखराज भट्टले निर्मला पन्तका हत्यारा पत्ता लगाउन सरकार गम्भीर भएर लागेको बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगर पुगेर आइतबार निर्मलाका बुबाआमालाई भेट्दै नेता भट्टले निर्मलालाई बलत्कारपछि हत्या गर्नेहरुलाई पत्ता लगाउनकै लागि कञ्चनपुरका प्रहरी प्रमुखको निलम्बन गरेर अर्को प्रहरी प्रमुख पठाएको, प्रमुख जिल्ला अधिकारी परिबर्तन गरेको बताए ।
हामी प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सन्देश पुगाउन आएकौ उनले भने सरकारले १० लाख रुपैयाँ पनि दिने निर्णय गरेको छ ।
निर्मलालाई बलत्कार गरेर हत्या गर्नेलाई पक्राउ गर्न दवाव दिन आन्दोलन गर्ने क्रममा प्रहरीको गोलीबाट मारिएका सनी खुनाका बुबाआमालाई पनि नेता भट्ट सहितको टोलीले भेटेको छ । खुनालाई शहिद घोषणा गरेर उनका बाबाआमालाई १० लाख रुपैयाँ दिने सरकारको निर्णय पनि सो अवसरमा नेता भट्टले जानकारी गराए ।
नेता भट्टसंगै रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले पन्त र खुनाका परिवारलाई पाँच÷पाँच लाख सहयोग दिने घोषणा गरे । यसअघि महेन्द्रनगर नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले पनि तीन÷तीन लाख सहयोग दिने घोषणा गरेका थिए ।
संघीय संसदका सदस्य समेत रहेका नेता भट्टको टोलीमा संघीय संसदमा सोही क्षेत्र कञ्चनपुर ३ बाट निर्बाचित सांसद दीपकप्रकाश भट्ट, क्षेत्र नम्वर २ का सांसद नरबहादुर धामी, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शाह, प्रदेशसभाका सदस्यहरु तारा लामातामाङ, लालबहादुर खड्का, प्रकाश रावल, मानबहादुर सुनार, महेशदत्त जोशी र कुन्ती जोशीको सहभागीता रहेको छ । सो टोलीले आइतबार नै महेन्द्रनगरमा पत्रकार सम्मेलन गरेको थियो ।
यसैवीच प्रमुख प्रतिपक्ष नेपालीका कांगेसका नेताहरु दिलेन्द्रप्रसाद वडु र वीरबहादुर बलायर पनि महेन्द्रनगर पुगेको छ । दुईबटै टोलीले सुरक्षा निकाय र स्थानीय पार्टी प्रतिनीधिहरुसंग संयुक्त छलफल गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार