१६ बैशाख २०८१, आईतवार

ओली–प्रचण्डलाई भेटेर नेकपा प्रदेश ७ का सांसदहरूले भने, ‘कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन होस्’



प्रधानमन्त्री केपी शर्मा अाेली र नेपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लार्इ भेट्न पुगेका नेकपा प्रदेश ७ का सांसदहरू।

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ७ बाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरुले कञ्चनपुर घटनाको सत्यतथ्य पत्ता लगाइ अपराधीलाई कडा कानूनी कारबाही गर्न सरकारसँग सामुहिक माग गरेका छन।

कञ्चनपुरमा १३ वर्षीषा बालिका निर्मला पन्तको बलात्कारपछि हत्या र उक्त घटनाका दोषि पत्ता लगाइ कारबाही हुनुपर्ने मागसहित भइरहेको आन्दोलनको क्रममा शुक्रबार मात्र प्रहरीको गोली प्रहारबाट किशोर सन्नी खुनाको मृत्यु भएपछि चर्का विरोध भइरहेका बेला नेकपाका सांसदहरूले आइतबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका हुन्।

भेटको क्रममा उनीहरूले कञ्चनपुुर घटनाको सत्यतथ्य पत्ता लगाइ अपराधीलाई कडा कानूूनी कारबाही गर्न, पीडितलाई राहत प्रदान गर्न, तोडफोड भएका सम्पत्तिको जाँचबुझ गरी उचित क्षतिपूर्ति दिन र महिलाको अस्मिता रक्षाका साथै शान्तिका सुरक्षाको यथोचित प्रबन्ध माग गरेका छन्।

नेकपाका स्थायी समिति सदस्य भीम रावल, नेता लेखराज भट्टसहितको टोलीसँगको सामुहिक भेटमा प्रधानमन्त्री ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताए।

प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भिर रुपमा लिएकोले छानविन समिति गठन गरेर काम अघि बढाएको बताए। ‘यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भीर छ,’ ओलीले भने, ‘यस्ता व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितिलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार