१२ श्रावण २०८१, शनिबार

नेकपाको एकता प्रक्रिया अन्तिम चरणमा



धनगढी । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सात नम्बर प्रदेशमा एकता प्रक्रिया अन्तिम चराण्मा पुगेको छ ।
तत्कालिन एमाले र माओवादी केन्द्रका दुई/दुई जना नेताको प्रदेश कार्यदलले एकता प्रक्रियालाई अन्तिम रूप दिइरहेको बताइएको छ ।
नेकपाको प्रदेश इन्चार्जमा स्थायी समिति सदस्य नेता भीम रावल र सहइन्चार्जमा स्थायी समिति सदस्य लेखराज भट्ट बन्ने लगभग टुंगो लागेको छ ।
त्यस्तै, प्रदेश अध्यक्षमा नेकपाका केन्द्रीय सदस्य कर्णबहादुर थापा र सचिवमा केन्द्रीय सदस्य लक्ष्मीदत्त जोशी बन्ने सम्भावना बढेको छ ।
नेकपाका स्थायी समिति सदस्यद्वय रावल तथा भट्ट तथा केन्द्रीय सदस्यहरू थापा र जोशी सहितका नेताहरुले जिल्ला नेतृत्व र कमिटीको प्रारम्भिक खाका तयार पारेको जनाइएको छ ।
एकताको खाका अनुसार सात नम्बर प्रदेशका नौ मध्ये पाँच जिल्लामा तत्कालीन नेकपा (एमाले) पक्षले र चार जिल्लामा तत्कालिन माओवादी केन्द्र पक्षले नेतृत्व पाउने भएका छन् । नेकपा स्रोतका अनुसार कैलाली, डोटी, अछाम, बाजुरा र बैतडीमा तत्कालिन एमाले र कञ्चनपुर, डडेलधुरा, दार्चुला र बझाङमा तत्कालीन माओवादी केन्द्र पक्षले जिल्लाको नेतृत्व लिने छन् ।
कार्यदलले कैलालीको अध्यक्षका लागि एमालेका पुराना नेता दिनेशचन्द्र सुवेदीको नाम केन्द्रमा सिफारिस गरेको छ । त्यस्तै, डोटीमा चक्रबहादुर मल्ल र बैतडीमा सुरेन्द्र पाल र बाजुराको अध्यक्षका लागि भरत थापाको नाम सिफारिस भएको स्रोतले जनाएको छ ।
अछामको अध्यक्षका लागि कृष्णप्रसाद जैसी, बमबहादुर बिसी र कमल तिमिल्सिना आकांक्षी रहेका छन् ।
त्यस्तै, कञ्चनपुरमा बीरबहादुर थापा, बझाङमा मीनबहादुर कुँवर, दार्चुलामा गणेशसिंह खत्री तथा डडेल्धुरा मानसिंह माललाई अध्यक्षका लागि सिफारिस गरिएको छ ।
प्रदेश तथा जिल्ला नेतृत्व तथा संरचना चयन गर्न कार्यदललाई गत ३१ गतेसम्मको म्याद दिइएको थियो । कार्यदलले प्रदेश ७ का सबै जिल्ला र प्रदेशको कमिटी चयन बारे ८ गते बस्ने केन्द्रीय सचिवालय बैठकमा प्रतिवेदन पेस गर्ने जनाइएको छ ।

सम्बन्धित समाचार

प्रदेश सातमा नेकपाको एकता प्रक्रियाले आकार लिँदै

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार