१६ माघ २०७९, सोमबार

मार्क्सवाद सम्वन्धी प्रशिक्षण शुरु



धनगढी । धनगढीमा आइतबारदेखि मार्क्सवाद कक्षा शुरु भएको छ । कक्षा तीन दिनसम्म सञ्चालन हुने जनाइएको छ ।
आइतबारको कक्षामा खगेन्द्र प्रसाईले माक्र्सवादी दर्शन, डाक्टर दीपकप्रकाश भट्टले विश्वको राजनीति र सुरक्षाबारे छलफल चलाएका थिए ।
सोमबार र मंगलबार नेकपाका स्थायी समिती सदस्यद्वय घनश्याम भुसाल र राम कार्की, तथा केन्द्रीय सदस्य डाक्टर विजय पौडेलले प्रशिक्षण दिने बताइएको छ ।
नेपाल अध्ययन केन्द्रले रोजालग्जम्बर्ग फाउन्डेसनको सहयोगमा आयोजना गरेको कार्यक्रममा सात नम्बर प्रदेशका नौ वटै जिल्लाका ४३ जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्