११ मंसिर २०७९, आईतवार

गुट्का उद्योगमा बम बिस्फोटन



धनगढी । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १ स्थित देउती गुट्का उद्योगमा बिहीबार बिहान बम विस्फोट भएको छ ।
बम विस्फोटनबाट उद्योगको बाहिरी पर्खाल र छानामा क्षति पुगेको लम्की प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले बताए ।
उनले उद्योग परिसरमा सकेट बम विस्फोट गराइएको बताए । बम बिस्फोटनको बिहीबार सांझसम्म कसैले पनि जिम्मेवारी लिदएको छैन ।
यसअघि गत २ गते सो उद्योग नजिक राखिएको एउटा प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको थियो ।
टीकापुर जाने सडकको भित्रपट्टिको सडक छेउस्थित उद्योग परिसरमा दुई पटक बम फेला परेपछि स्थानीयवासी त्रसित छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार