१२ श्रावण २०८१, शनिबार

बालिका बलात्कार हुने क्रम रोकिएन : लम्कीमा १३ वर्षीया बालिका बलात्कृत



धनगढी । कैलालीमा पुन: बालिका बलात्कृत भएकी छन् । लम्कीचुहा नगरपालिकामा गत १७ गते बिहीबार छिमेकी युवकबाट १३ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, मोतिपुरका अनुसार साउन १७ गते चिसापानीका २० वर्षीय वसन्त बुढाले बालिकालाई बलात्कार गरेका थिए । पीडित बालिकाका आफन्तले किटानीसहित शनिबार साँझ प्रहरीमा उजुरी दिएका थिए ।
इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले शनिबार नै वसन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए ।
प्रहरी निरीक्षक जोशीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा वसन्तले बालिकालाई बलात्कार गरेको स्वीकारेका छन् । प्रहरीले वसन्तविरुद्ध जवरजस्ती करणी मुद्दा दर्ता गरी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय, कैलाली चलान गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार