१२ श्रावण २०८१, शनिबार

सिरि सिरि बतासैमा मनिषा (भिडियोसहित)



कामका लागि इजरायली भूमिमा रहेकी झापाकी मनिषा प्रसाईंले गीति एल्बम “सिरि सिरि बतासै चल्ने’ बजारमा ल्याएकी छन् । प्रसार्इंले कर्मभूमि इजरायल रहेर ‘सिरि सिरि बतासै चल्ने’ गीति एल्बम बजारमा ल्याएकी हुन् ।
साहित्यका विविध पाटामा कलम चलाउँदै आएकी प्रसाईंले रचना गरेको ‘सिरि सिरि बतासै चल्ने’ गिती एल्बमा राजेश पायल राई र शान्ता शर्माको स्वर रहेको छ । बिन्दबासिनी म्युजिक प्रालिले बजारमा ल्याएको ‘सिरि सिरि बतासै चल्ने…’ यो एल्बमको संगीत शान्ता शर्माले भरेकी छन् ।
छ मिनेट १९ सेकेण्ड रहेको यो गीतको म्युजिक भिडियो मौलिक नेपाली पहिरनमा छायांकन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार