१० श्रावण २०८१, बिहीबार

डोजर लगाएर खोका टहरा हटाउन सुरु



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले सडक अतिक्रमण गरी राखिएका खोकाटहरा हटाउन शुरु गरेको छ ।
नगरपालिकाले सोमबारदेखि डोजर लगाएर पूर्वपश्चिम राजमार्गको सीमाभित्र राखिएका पसल, टहरा, खोका डोजर लगाएर हटाउन सुरु गरेको हो ।
घोडाघोडी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य नेतृत्वमा वडा अध्यक्ष तथा वडा सदस्यहरू र सुरक्षाकर्मीहरूको टोलीले अतिक्रमण गरेर राखिएका खोकाटहरा हटाउन शरु गरेको छ ।
नगरपालिकाले सुक्तिकाडा नदीदेखि पश्चिममा आमखोइयासम्मका खोका टहरा हटाउने जनाएको छ । सडक किनारा अतिक्रमण गरी राखिएका खोकाटहरा हटाउन पटकपटक सूचना प्रकाशन गर्दा पनि नमानेपछि बाध्य भएर डोजर लगाएर हटाउनु परेको नगरपालिकाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार